चैत्र २७, काठमाडौं। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघले घोषणा गरेको छ। सरकार द्वारा वार्तामा आउन आह्वान गरेपनि महासंघले वार्ता अस्विकार गर्दै ऐन जारी भए मात्र आन्दोलन रोक्ने जनाएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्ता आउन मंगलबार विज्ञप्ति जारी गरेर आह्वान गरेको थियो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले शिक्षक प्रतिनिधिहरू वार्ता र संवादमा आउन महासंघलाई आग्रह गरेका थिए । तर महासंघले वार्तालाइ अस्विकार गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकका मागका सम्बन्धमा सरकारसँग पटक पटक सहमति भएको बताए । पुराना सहमती अनुसरा शिक्षा ऐन जारी गरे आन्दोलन फिर्ता लिन सकिने उनको भनाइ छ ।
चैत २० देखि महासंघको आह्वानमा शिक्षकहरू काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । चैत्र २५ देखि देशव्यापी शैक्षिक आमहडतालको समेत घोषणा गरेका छन् ।








