२०८३ भदौ २९ , सोमबार

राष्ट्रपति पौडेल द्वारा संसद्को हिउँदे अधिवेशन अन्त्य



चैत्र १९, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्‌गलबार राती १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिका कार्यलयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।

मन्त्रिपरिषद्को चैत्र १८ गते सोमबार बसेको बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति : २०८१ चैत १९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्