फागुन १८, सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने मिति तय भएको छ। यही फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले जानकरी दिए।
मुख्यमन्त्री कँडेलले भने “सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई आज प्रदेश सरकारकाे तर्फबाट पत्र हस्तान्तरण गरेकाे छु। प्रधानमन्त्रीबाट यही फागुन २३ गते प्रदेश सभालाई विशेष संवोधन हुने भएकाे छ।”
प्रदेश सभामा सम्वोधनको क्रममा कर्णालीको समग्र विकासमा संघ सरकारको धारणा आउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार








