माघ २२, काठमाडौं। न्यायपरिषद्को रिक्त पदमा नेपाल बार एशोसिएशनको सिफारिसमा वरिष्ठ अधिवक्ता दामोदर खड्का नियुक्त भएक छन् । राष्ट्रपति राम चन्द्र पौडेलले वरिष्ठ अधिवक्ता खड्कालाइ परिषद् सदस्यमा माघ २१ गते नियुक्त गरेको हुन् ।
राष्ट्रपति पौडेलज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम परिषद्को सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराइ द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश नियुक्ती, सरुवा र कारवाही गर्ने परिषद्को सदस्य पदलाइ चासो र महत्वका साथ हेर्ने गरिन्छ ।
केही समयदेखी बार र बेच्च विचमा विवाद सतहमा देखीएको बेला खड्काको नियुक्ती संगै उनको भुमीकालाइ चासोका साथ हेरीएको छ। न्याय परिषद् नियमावलीमा भएको संशोधन बारे बारले विरोध जनाउदै आएको छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार








