२०८२ माघ १७ , शनिबार

विशेष अदालतद्वारा वाइडबडी मुद्दामा आंशिक ठहरः पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाई (संक्षिप्त फैसला)



२० मंसिर, काठमाडौं । विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भनी दावी गरिएको मुद्दामा आंशिक ठहर गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश  तेजनारायण सिंह राई र  न्यायाधीश  रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाएको हो । नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुङ्गाना सहित ११ जनालाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई वाइडबडी खरिदको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। उनी कर्णाली प्रदेशका सांसद समेत हुन्।

विशेष अदालतले १ अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय बयासी रुपैया पचासी पैसा भ्रष्टाचार भएको ठहर गर्दै सो विगो दामासाहीले दोषीबाट असुलउपर गर्नेगरी फैसला गरेको छ। विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

संक्षिप्त फैसलाः

प्रकाशित मिति : २०८१ मंसिर २० गते बिहीबार
प्रतिक्रिया दिनुहोस्