१५ मंसिर, काठमाडौं । स्याङ्जा न्यायिक समाजद्वारा आयोजित, बधाई तथा समान कार्यक्रम मंसिर १५ गते, नेपाल बार एसोसिएशनको सभाहल काठमाडौंमा सम्पन्न भयो। कार्यक्रममा स्याङ्जा जिल्लामा जन्म लिई कानुन न्याय क्षेत्रमा संलग्न रहनु भएका न्यायाधीश कर्मचारी तथा कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सर्वोच्च अदालतको अदालतमा न्यायाधीशको रुपमा नियुक्ति हुनुभएका सारङ्गा सुबेदी र टेक प्रसाद ढुंगाना सहीत उच्च र जिल्ला अदालत मा नियुक्त हुनुभएका न्यायाधिश, सर्वोच्च अदालतको रजिष्ट्रारको पदमा बढुवा हुनुभएका विमल पौडेलका साथै उच्च अदालत बार एशोसिएसन पाटनको कार्यसमिति सदस्य निर्वाचित हुनुभएकी समाजकी कोषाध्यक्ष बिमला कुमारी शर्मा समेतलाई बधाई तथा सम्मान ज्ञापन गरिएको थियो।
कार्यक्रममा अधिकांश वक्ताहरुले न्यायालयमा स्याङजा न्यायिक समाजका सदस्यहरुको ठूलो योगदान रहेको बताएका थिए।
कार्यक्रममा सर्वोच्च अदालतका माननिय न्यायाधीश तिलप्रसाद श्रेष्ठले प्रख्यात लेखकको उनलाई उदृत गर्दै भन्नुभयो “न्याय को मन्दिरमा, न्याय को पुजारी कानुन व्यवसायी हो। न्यायले कानुन व्यवसायी मार्फत देख्छ, फैसलाले बोल्छ ।” साथै स्याङ्जा न्यायिक समाजलाई जुनसुकै सहयोग गर्न तयार रहेको समेत विश्वस्त तुल्याउनु भयो ।
साथै न्यायाधीशद्वय सारङ्गा सुबेदी र टेक प्रसाद ढुंगानाले समेत न्यायिक समाज मार्फत रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभएको थियो। त्यस्तै न्याय परिषद्का पुर्व सदस्य ख्याम नारायण ढुङ्गानाले न्याय परिषद्मा स्याङ्जालीहरुको बर्चस्व रहेको हुँदा न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउन समेत स्याङ्जालीहरुले नै पहल गर्नुपर्ने सुझाब दिनुभएको थियो।
कार्यक्रममा उच्च अदालतका न्यायाधीशको तर्फ देखि कृष्णराम कोईराला, जिल्ला अदालतका न्यायाधीशहरूको तर्फबाट राम प्रसाद शर्मा, पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता गौ बहादुर आले, बरिष्ठ अधिवक्ता उपेन्द्र राज पौडेल लगायतका बक्ताहरुले बोल्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि माननिय न्यायाधीश तिल प्रसाद श्रेष्ठ विशिष्ट अतिथीहरु सर्वोच्च अदालतका मा न्याय सारङ्गा सुवेदी र टेक प्रसाद ढुंगाना एवं न्याय परिषद्का पूर्व सदस्य खेम नारायण ढुङ्गाना लगायत उच्च र जिल्ला अदालतका न्यायाधीशहरू, सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल, वरिष्ठ अधिवक्ता अधिवक्ता कानुन व्यवसायी र अड्डा अदालत लगायत सरकारी एवं गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व समाजको अध्यक्ष अधिवक्ता मदन रेग्मी र सञ्चालन समाजको महासचिव अधिवक्ता हुम बहादुर खत्रीले गर्नुभएको थियो।








