२०८३ साउन १३ , बुधबार

उपत्यकामा हनी ट्रयापका घटना बढ्दै, रकम असुल्ने समूहका ३ जना पक्राउ



१२ मंसिर, काठमाडौं । हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको ठिमीमा वर्षा दर्जिले घाउ ड्रेसिङ गर्ने भन्दै अनलाइनबाट व्यक्ति सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाईने डर त्रास देखाई पिडितबाट रकम असुलेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाएका छन्।

रकम नदिए बलात्कार कसुरमा फसाइदिन्छु भन्दै पिडितसंग १८ लाख रुपैयाँ माग गरिएको प्रहरी जनाएको छ । पछि ८ लाख रुपैयाँ दिने सहमति भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पिडित युवाबाट समुहले २५ हजार रुपैयाँ असुलेको थियो । पछि क्युआरमार्फत थप २५ हजार पीडित युवाले पठाएकाे र ७५ हजारको चेक समेत ती युवाले उक्त समूहलाई दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। एक जना व्यक्ति हाल फरार रहेको प्रहरी जनाएको छ।

उनिहरुको साथबाट विभिन्न कम्पनीको ४ थान मोवाइल समेत बरामत भएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार
प्रतिक्रिया दिनुहोस्