
तस्बिर : नेपाल फोटो लाइब्रेरी
२३ भदौ, काठमाडौं । सरकारको विरोध गर्दा जेनजी घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा जेनजी शहिदहरुको सम्झनामा आयोजित कार्यक्रममा सरकारको कार्यशैलीप्रति विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
खड्काले आफुले सरकारको कामप्रति असन्तुष्टी व्यक्त गरेपछी उनलाइ प्रहरीले नियन्त्रणमा लिएको हो। जेनजी युवाहरुको रगतको बलमा बनेको सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र मन्त्रीहरू सहभागी थिए। खड्कालाइ नियन्त्रणमा लिएपछी सरकारको दमनकारी शैलीको आलोचना भएको छ।
प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार







