३२ असार। सम्पति छानविन आयोग, २०८३ ले आफ्ना सवैकाम स्थगत गर्ने निर्णय गरेको छ।
आयोगले विहिबार सूचना जारी गर्दै कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिन समेतको कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भै आएकोले आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम हाल स्थगित गरीएको जानकारी गराएको छ।
आयोगले असार ३२ गते विहिबार सूचना जारी गर्दै भनेको छ “सम्मानित सर्वोच्च अदालतबाट मिति २०८३/०३/२९ मा भएका आदेश पछि पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरुको तर्फबाट यस आयोगको मिति २०८३/०३/२९ गते प्रकाशित सूचना नं ४ बमोजिम सम्पत्ति विवरण संकलनको काम जारी रहेकोमा निवेदक मनिराम उपाध्याय भएको ०८२-wo-१६७९ उत्प्रेषण निवेदनमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३/०३/३१ को आदेशबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिन समेतको कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भै आएकोले यस आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम हाल स्थगित गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ”।








