२०८३ जेठ ४ , सोमबार

दुइतिहाइ र महाभियोगको डरबाट मुक्त हुन न्यायाधीशलाई का.मु प्रधानन्यायाधीश मल्लको आग्रह



तस्विरः सामाजिक संजाल

२६ बैशाख।  दुइतिहाइ र महाभियोगको डरबाट मुक्त हुन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आग्रह गरिन्।

७४ औ कानून दिवसको अवसरमा सर्वोच्च अदालतद्वारा आयोजित कार्यक्रममा कामु मल्लले  विधिमाथी छेडखानी गर्ने कार्य शासको लागी स्वभावीक भएपनि विधीमा विश्वास गर्नेलाइ सह्य नहुने बताइन्।

जिवनभर अन्यायको विरुद्धमा लडेको स्मरण गर्दै मल्लले लडाइ बाकी रहेको उनको भनाइ छ। प्रयाप्त श्रोतसाधन भएको खण्डमा अदालत संविधानको स्प्रिट र सरकारको स्पिड अनुसार चल्ने कामु प्रधानन्यायाधीशले बताइन्।

संविधान राज्य संचालनको कानूनी दस्तावेज मात्र नभएर नागरिकको जिवनपद्दतीको रुपमा हुनुपर्ने उनको जोड छ। उनले भनिन् एउटालाइ खाने बाघले अर्कोलाइ नखाला भन्न सकिदैन। संविधानलाइ यथास्थितमा राखेर संविधानको विरुद्दमा गरिने काम क्रान्ति हुन सक्दैन।

 कार्यक्रममा धारणा राख्दै कामु प्रधानन्यायाधीशले कार्यपालिका र सरकारप्रति आक्रोश पोखिन्।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्