२०८३ जेठ ४ , सोमबार

७४ औं कानून दिवस देशभर मनाइदै



२६ बैशाख, काठमाडौं। नेपाल प्रधान न्यायालय ऐन’ २००८ लागु भएको दिनको सम्झनामा देशभर कानून दिवस मनाउने गरिन्छ।  वि.सं. २००९ साल वैशाख २६ गतेदेखि लागू ऐन लागु भएको सम्झनामा हरेक वर्ष कानून र न्यायका सरोकारवालाले यो दिनलाइ उत्सव र दिवसको रुपमा मनाउने गर्छन् ।

यसपटक सर्वोच्च अदालतको आयोजनामा ७४औं कानून दिवस अवसरमा कार्यक्रम हुदैछ। देशभरका अदालत र बारले समेत आज विभिन्न कार्यक्रम गरी यस दिवस भब्य रुपमा मनाउदै छन्।

विधिको शासन, संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका कायम राख्न तथा नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न यस दिवसको विशेष महत्व छ।

वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नागरिकको हक, अधिकार र न्याय सम्पादनलाई व्यवस्थित गर्न राजा त्रिभुवनबाट २००९ वैशाख २६ मा नेपाल प्रधान न्यायालय ऐन प्रमाणीकरण गरिएको थियो। यसैको स्मरणमा २०४८ सालदेखि सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

यस दिन विशेष गरी सर्वोच्च अदालत, देशभरका उच्च र जिल्ला अदालत लगायत नेपाल बार एसोसिएसनले विविध कार्यक्रम, अन्तरक्रिया र प्रभातफेरी आयोजना गरी न्यायिक सुशासन र निष्पक्ष न्यायको प्रतिबद्धता व्यक्त गर्दछन्।

न्याय र कानूनका विद्यार्थिको रुपमा रहेका न्यायाधीश, कानून व्यवसायी, सरकारी वकिल लगायत यस क्षेत्रमा काम गर्ने संघ संस्थाले यसलाइ उत्सवको रुपमा मनाउने गर्छन्।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्