२०८३ वैशाख २ , बुधबार

श्रम मन्त्री साह बर्खास्त, प्रधानमन्त्री संग तीन मन्त्रालय



चैत्र २६, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह बर्खास्त भएका छन्। साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाइ कारवाही सिफारिस गरेका थिए।

साहको मन्त्री पद बर्खास्ती भएको सूचना प्राप्त भएपछि राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेरको नयाँ सूचना दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बिहीबार मात्रै श्रममन्त्री साहलाई पदमुक्त गरेका थिए ।

सभापती लामिछानेको सिफारिसका आधारमा प्रधानमन्त्री बालेनले साहलाई वर्खास्त गरेर सोको सूचना राष्ट्रपति कार्यालय पठाएका थिए।

प्रधानमन्त्री बालेनको सिफारिसका आधारमा बिहीबार दिउँसो नै राष्ट्रपति रामचन्द्र पौडेलले  कार्यालयले एक विज्ञप्ति जारी गरेर कार्यविभाजन हेरफेर गरेका छन् ।

यससंगै रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री साहसँग रहेको उल्लेख छ।

अन्य १३ जना मन्त्रीहरु पहिलेको जिम्मेवारीमा रहने छन्।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्