१७ चैत्र, काठमाडौं। काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। जेनजी आन्दोलन दवाउन भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि रिजाल पक्राउ परेका हुन्।
रिजाललाई प्रहरीले मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको हो। भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा भएको मानवीय क्षति भएकोमा रिजालको समेत जिम्मेवारी ठहर गर्दै जाँचबुझ आयोगले कारवाही सिफारिस गरेको थियो।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले सो घटनामा तत्कालीन प्रजिअ रिजाललाई दोषी किटान गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार








