२०८३ वैशाख २ , बुधबार

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : २१ जना विरुद्द मुद्दा दायर



८ चैत, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा २१ जना विरुद्द  मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो।

अख्तियारले  प्रतिवादीहरुबाट रु ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया लाइ प्रतिवादी कायम गरी मुद्दा दायर गरेको हो।

यसैगरी राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन अधिकृत राजाराम चौधरी, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल र तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाल विरुद्द मुद्दा दायर गरेको छ।

आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी लाइ समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्