
फाइल तस्विर
२१ फागुन । निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मतदान भएको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
केही ठाउँमा मतदान भइरहेको पनि उनले बताएका छन्। मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको थियो।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगको भनाइ छ। जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता रहेका छन्।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार








