१९ फागुन। निर्वाचन आचारसंहितासँग सम्बन्धित १ हजार ६ सय बढी उजुरी निर्वाचन आयोग र यससँग सम्बन्धित कार्यालयमा दर्ता भएका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केन्द्रमा ६१२ वटा उजुरी परेका छन् भने ९६ वटा स्पष्टीकरण सोधिएको छ। केही उजुरी उपर कारबाही समेत भएको घिमिरेले बताए।
सोमबार राती १२ बजेबाट मौन अवधि शुरु भएकसंगै उजुरीहरु बढेको आयोगले जनाएको छ। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेको आयोगले जनाएको छ। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेको छ।
मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ। यो अवधिमा राजनीतिक दल, उमेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ।







