२०८३ भदौ २८ , आइतबार

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पले लगाएको भन्सारशुल्क खारेज



एजेन्सीको सहयोगमा

९ फागुन। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका ट्यारिफ (भन्सारशुल्क) खारेज गरेको छ। अदातलले ट्यारिक अवैध रहेको ठहर गर्दै खारेज गरेको हो।अदालतको आदेशपछि ट्रम्पले फैसलालाई लाजमर्दो भएको प्रतिक्रया दिएका छन्।

असन्तुष्ट ट्रम्पले आफूले कसैसँग ट्यारिफ लिन नसक्ने भए पनि जुनसुकै देशसँगको व्यापार पूर्ण रूपमा बन्द गर्न सक्ने र उक्त देशको अर्थतन्त्र बर्बाद पार्न सक्ने धम्की दिएका छन्।

अन्य विकल्प प्रयोग गर्ने ट्रम्पः

अदालतको फैसलापछि ट्रम्पले अदालतले गलत तरिकारले खारेज गरेको बताउँदै अन्य विकल्प प्रयोग गरिने बताएका छन्।

उनले भनेका छन्, “हामीसँग धेरै विकल्प छन्। यसको अर्थ हामी अझ धेरै आम्दानी गर्नेछौँ । र, यसले हामीलाई अझ बलियो बनाउनेछ।”

अदालतले आफूलाई एक डलर पनि शुल्क लगाउने अनुमति नदिएको गुनासो गर्दै ट्रम्पले भनेका छन्, “म एक डलर पनि लिन सक्दिनँ । यो फैसला पक्कै पनि ती अन्य देशहरूको सुरक्षाका लागि लिइएको हुनुपर्छ, न कि अमेरिकाका लागि।”

उनले आफूलाई ती देशहरूसँगको कुनै पनि प्रकारको व्यापार वा कारोबार पूर्ण रूपमा बन्द गर्ने अधिकार रहेको दाबी गरे।

अदालतद्वारा ट्यारिफ खारेज गर्ने फैसला आएको केही घण्टाभित्रै ट्रम्पले विश्वभरका देशहरूमा १० प्रतिशत ‘वैश्विक ट्यारिफ’ लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले धारा १२२ अन्तर्गत प्राप्त शक्तिहरूको प्रयोग गर्दै वैश्विक १० प्रतिशत ट्यारिफ लगाएका हुन् ।

प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्