
Photo: NDRRMA
१७ भदौ, काठमाडौं । भोटेकोशीमा गत भदौ १० आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ भने ३ हजार ९१६ जना वेपत्ता छन्।
प्रहरीका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म २९२ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढी प्रभावितहरुको उद्दार र खोजी कार्यको लागी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरी ७ हजार ९१२ जना, नेपाली सेना ९ हजार १९९ जना र सशत्र प्रहरी वल नेपाल ४ हजार २०३ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार








