९ फागुन। दाङमा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर ४ निवासी रमेश राना मगर र तुलसीपुर ६ निवासी विक्रम परियार रहेका छन्। शनिवार तुलसीपुर ८ का बुद्धिबहादर बस्नेतलाइ प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनिहरुले फागुन ७ गते चुनाव चिन्ह अंकित झण्डा जलाएको यस वारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यस घटनासंग संलग्न अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार








