२०८३ भदौ २७ , शनिबार

निर्वाचन आचारसंहिता उलंघनको आरोपमा ५१ जनासंग स्पष्टीकरण माग



२८ माघ। प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता उल्लघंन गरेको आरोपमा निर्वाचन आयोगले ५१ जनालाई स्पष्टीकरण सोधेको छ।

यही २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले तोकेको आचारस‌हिताविपरीत क्रियाकलाप गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएक छ। आयोगबाट स्पष्टीकरण सोधिएकामा  २१ जनाले भने जवाफ  बुझाएका छैनन्।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले ३० जनाले अहिलेसम्म स्पष्टीकरण बुझाएको  र बाँकीको जवाफ आउन बाँकी रहेको भनाइ छ।

प्रवक्ता जिसीका अनुसार, २१ जनाले स्पष्टीकरण बुझाएका छैनन्, उनीहरूलाई स्पष्टीकरण बुझाउन ताकेता गरिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता उल्लघंन गरेको देखिएमा आयोगले स्पष्टीकरण सोध्ने गरेको छ। स्पष्टीकरण आएपछि जाँचबुझ गरी कारबाहीको निर्णय गर्छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्