११ माघ, काठमाडौं । राष्ट्रिय सभाले नयाँ १८ सांसद पाएको छ। यस निर्वाचनमा समावेशी अनुहार समेत देखिएको छ।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ सांसद मध्ये १८ पदको लागी आइतबार निर्वाचन भएको हो। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी तालमेल गरेका थिए। चुनावमा नेपाली कम्युनिस्ट पार्टी एक्लै मैदानमा उत्रिएको थियो निर्वाचनमा तीन दलका उम्मेदवारहरु निर्वाचित भएका छन्।
निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि आज निर्वाचन भएको हो।
यस्तो छ आयोगले सार्वजनिक गरेको अन्तिम परिणामः
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार







