१४ पुस। फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी निर्वाचन आयोगले खर्चको सिमा तोकेको छ। आयोगले उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले खर्च गर्न पाउने अधिकतम हद सर्वजनिक गरेको छ।
जसमा २०७९ असोज ३१ गते को नेपाल राजपत्र (भाग ५, संख्या ४१) मा तोकिएको खर्च सिमा लागु हुने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइद्वारा जारी विज्ञप्तिमा उम्मेदवारको हकमा भुगोल अनुसार २५ लाख देखी ३३ लाख सम्मको खर्च सिमा तोकीएको छ।
सहज भुगोलमा कम र हिमाली र उच्च पहाडी जिल्ला र एउटा प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्लाको लागी अधिकतम ३३ लाख सम्म खर्च गर्न पाउने गरी खर्च सिमा निर्धारण भएको भट्टराइको भनाइ छ।
आयोगका अनुसार उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी सो विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउन निर्देशन दिएको छ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न समेत अनुरोध गरेको छ।
पूर्णपाठः








