
२६ मंसिर। अन्तरिम सरकारमा चार जना मन्त्रीहरूले शपथ लिएका छन्। शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा चार जना मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, माधव चौलागाईंलाई वन तथा वातावरण,राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदिप कुमार कोइरालाले जनाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तिहरु को उपस्थिति रहेको थियो ।
आजको सपथसंगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।









