२०८२ माघ १७ , शनिबार

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर (पूर्णपाठ)



२१ मंसिर। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ५ जना मन्त्रीसहित, निर्माण कम्पनी र अन्य ५५ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो। आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार दुइ सय ९७ रूपैयाँ पचास पैसा बिगो कायम गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

पूर्वमन्त्रीहरु पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्यलाइ समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ। प्रतिवादी मध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको आरोपपत्रमा उल्लेख छ।

भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा मुछिएका नागरिक उड्डयन प्राधिकरणका निलम्वित महानिर्देशक प्रदीप अधिकारीलाइ पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा समेत प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ।

अख्तियारले सुइकृत भएको लागत अनुमान भन्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार दुइ सय ९७ रूपैयाँ पचास पैसा लागत अनुमान बढाइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्