२०८३ साउन १४ , बिहीबार

प्रभु बैंकका सीईओ शेरचन पक्राउ



१४ मंसिर। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाइ केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको हो। सीआईबी टोलीले शेरचनलाई बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको हो।

राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

सीआईबीले गत कात्तिक २२ गते बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्