२०८२ माघ १७ , शनिबार

मायादेवी गाउँपालिकाका तत्कालीन तीन प्रमुख प्रशासकीय अधिकृत सहित ७ विरुद्द मुद्दा दायर



१४ मंसिर। कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन तीन जना प्रमुख प्रशासकीय अधिकृत सहित सात जना विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गाउँपालिकाका सि.अ.हे.व.(अधिकृत छैठौं) महेन्द्र प्रसाद यादवले बिगत देखी पेश्की रकम लिई फर्छ्यौट नगरेको र पेश्की माथि पेश्की रकम लिइ हालसम्म फर्छ्यौट नगरेको भन्ने उजुरीमा अनुसन्धान गरी सात जना विरुद्द मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

उजुरीमा आरोपीहरुले आपसी मिलेमतोमा सार्वजनिक सम्पत्तिको  हिनामिना गरेको कारणबाट पेश्की फछर्यौट नगर्दा बेरुजु बाँकी रहेको छयालीस लाख सात हजार तीन सय रकम हिनामिना मस्यौट गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आयोगको ठहर छ। प्रतिवादीहरुलाइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा सजाय मागदावी गरिएको छ।

जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाइ बीस लाख सत्र हजार तीन सय विगो माग दावी लिएको छ। यसैगरी अन्य तत्कालीन प्रमुख प्रशाकसीय अधिकृतहरु प्रमेश्वर यादवलाइ पन्ध्र लाख नब्बे हजार र कृष्ण प्रसाद तिमिल्सिनालाइ दश लाख बिगो कायम गरीएको छ।

यसैगरी तत्कालीन लेखा अधिकृत प्रकाश गौतमलाइ पन्ध्र लाख साठी हजार, सि.अ.हे.व. (अधिकृत छैठौं) महेन्द्र प्रसाद यादवलाइ छयालिस लाख सात हजार तीन सय, तत्कालीन लेखापाल तुल्सीराम पौडेललाइ उन्नाइस लाख सत्र हजार तीन सय र लेखा (सहायक पाँचौ) गिरीराज गौतमलाइ चौध लाख दश हजार विगो माग दावी लिइएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्