
२३ कार्तिक। गृहमन्त्री ओमप्रकाश अर्यालले के गर्दैछौ र के गर्यौ भन्न नमिल्ने बताएका छन्। बिहानै सामाजिक संजाल फेसबुक मार्फत उनले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएकोले सवै कुरा भन्न नमिल्ने उल्लेख गरेका छन्।
उनले भनेका छन् ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन’।
अर्यालले लेखेका छन् ‘पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ‘। उनले एकाबिहानै फेसबुक स्टयाटस मार्फत भनेका छन् ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ ‘।
पछिल्लो समय जेन जीले सरकार र गृहमन्त्रीको कार्यशैलीको विरोध जनाएका छन्। जेन जी प्रतिनिधी सुदन गुरुङ्ले गृहमन्त्रीको विकल्प खोज्नुपर्ने भन्दै विरोध जनाएका थिए।
जेन जी विचमा नै असन्तुष्टि बढेपछी गृहमन्त्री अर्यालले सामाजिक संजाल मार्फत धारणा सार्वजनिक गरेका हुन्।







