६ असोज, काठमाडौं- सुशिला कार्कीको मन्त्रीपरिषद्मा चार जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शितल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
पद तथा गोपनियताको सपथ लिने मन्त्रीहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि मन्त्री मदन परियार र उद्योग,बाणिज्य तथा आपुर्तिका साथै कानुन मन्त्री अनिलकुमार सिन्हा र संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल छन्।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थिती रहेको थियो।
चार मन्त्रीहरुलाइ राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त गरेका हुन्।
कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश हुन्। यसैगरी दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन्। यसैगरी मन्त्री परियार जलबायु र कृषि विज्ञ हुन् भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन्।
मन्त्रीहरुले सपथ ग्रहण पश्चात पदभार समेत ग्रहण गरका छन्।








