२०८२ माघ १७ , शनिबार

संविधान दिवशको अवसरमा पापडको बृहत शान्ति र्‍याली (फोटो)



३ असाोज। संविधान दिवश २०८२ को अवसरमा शान्ति र लोकतन्त्रका लागी पेशागत सञ्जाल (पापड)ले बृहत शान्ति र्‍यालीको आयोजना गरेको छ। माइतिघर मण्डला बाट शुरु भएको शान्ति र्‍याली सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुदै माइतिघरमा आइ कोणसभामा परिणत भएको थियो।

उक्त सभामा पापडका अध्यक्षहरुले संवोधन गरेका थिए। संविधान जारी भएदेखी हालसम्म संविधान माथि भएको प्रहारको पापडले विरोध जनाएको छ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले संविधानको रक्षाको लागी सधै महासंघ एकढिक्का भएर उभिने प्रतिवद्धता व्यक्त गरिन्।

नेपाल बार एशोसिएशनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले संविधान लोकतन्त्रको मुटु भएकोले यसमा कसैको हस्तक्षेप सुइकार्य नहुने धारणा व्यक्त गरे ।

फोटोः

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्