
फोटो साभारः सामाजिक संजाल
२७ भदौ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन्। कार्कीलाइ राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधिश प्रमाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइ, नेपाल सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरुको सहभागीता रहेको थियो।
जेन जी आन्दोनपछी कसलाइ प्रधानमन्त्री बनाउनेबारे लामो छलफल र बहस पछी संविधानको धारा ६१ को अधिनमा रही राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले छ महिनाभित्र प्रतिनिधीसभाको निर्वाचन गराउने प्रयोजनको लागी अन्तरिम सरकारको नेतृत्व गर्नेछिन् ।
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार








