२७ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन्। नेपालको इतिहासमा उनि पहिलो प्रधानमन्त्री हुनेछन्। यसैगरी उनि नेपालको पहिलो प्रधानन्यायाधिस बन्ने अवसर समेत प्राप्त गरिसकेकी छन्।
जेन–जीको प्रदर्शनपछी प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका थिए। जेन जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन्। जसले राष्ट्रपतिको भुमीकालाइ स्पष्ट पारेको छ। राष्ट्रपतिले उक्त धाराको उपधारा ४ लाइ टेकेर राष्ट्रिय संकटलाइ टारेका छन्। उपधारा ४ मा भनिएको छ ‘राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ’।
कार्कीले आजनै सपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
यसैविच प्रतिनिधी सभा समेत विघटन गर्ने समेत सहमती भएको छ।








