२०८३ साउन १४ , बिहीबार

आगजनी र तोडफोड संग सम्वन्धित फोटो र भिडियो उपलब्ध गराउन प्रहरीको अनुरोध



२७ भदौ। भदौ २३ र २४ को अन्दोलनको क्रममा देशभर भएको तोडफोड र आगजनीसंग सम्वन्धित फोटो, भिडियो र लिङ्क पठाउन नेपाल प्रहरी अनुरोध गरेको छ।

प्रहरी तोडफोड संग सम्वन्धीत फोटो भिडियो र लिङ्क [email protected] इमेल ठेगानामा पठाउन अनुरोध गरेको छ।

सूचनामा भनिएको छ ‘यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरु तपाईहरुसँग छ भने कृपया हामीलाई [email protected]
मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं’।

साथै पठाउने नागरिकको नाम ठेगाना गोप्य राखिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्