२०८२ माघ १७ , शनिबार

आगजनीबाट खण्डहर सर्वोच्च परिसरबाट इजलास चलाउने फुलकोर्टको निर्णय



२६ भदौ। आगजनीबाट खण्डर भएको सर्वोच्च परिसरबाट इजलास चलाउने फुलकोर्टले निर्णय गरेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमानसिंह साउतले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौ’।

राउतको विज्ञप्तिमा भनिएको छ ‘अदालतमा मिति २०८२।०५।२९ गते आइतबार देखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ’।

नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरुमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरुका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको छ, प्रधानन्यायाधिश राउतको विज्ञप्तिमा भनिएको छ। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट हुन भएको विज्ञप्तिमा उल्लेख छ।

आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक श्रोतसाधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानून व्यवसायीहरु, कानूनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुलाइ प्रधानन्यायाधिश राउतले धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्