२०८३ साउन १४ , बिहीबार

संबैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछुः राष्ट्रपति पौडेल



२६ भदौ। नागरिकहरुले राष्ट्रपतिको सार्वजनिक हुनुपर्ने माग गरिरहेको बेला संविधानबाट निकास खोज्न लागेको राष्ट्रपतिले विज्ञप्तिमार्फत जनाएका छन्। साथै उनले यही संविधानबाट लोकतन्त्रको संरक्षण गर्न प्रयास गरेको स्पष्ट पारेका छन्।

देशबासीलाइ अपिल गर्दै उनले भनेका छन् “देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु”।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्