साउन ६, सुर्खेत। हनी ट्रयापमा पारी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसूरमा सुर्खेतबाट एक जना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
हनी ट्रयापमा पारी पुरुषबाट पटक पटक गरी चौध लाख पच्चिस हजार नगद असुली गर्ने दैलेख नौमुले गा.पा. वडा नं. ०८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ बस्ने शिन्दु चन्दलाई पिडितको जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
२०८१ साल भाद्र महिनामा प्रतिवादी महिला चन्दले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालीका वडा नं. ६ बुद्दपथ स्थित रहेको बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेर जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि पुरुषसंग रकम बार्गेनिङ गरेको प्रहरीले जनाएको छ। निजले सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बिभिन्न मितिमा उक्त रकम पीडित पुरुषसँग असुली गरेको प्रहरीले जनाएको छ।
हनी ट्रयापमा पारी आर्थिक लाभ लिएको प्रमाण सहित प्रहरीमा प्राप्त जाहेरीको आधारमा खटिएको प्रहरी टोलीले कसुरमा संलग्न बर्ष २१ की प्रतिवादी चन्दलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता बुढथापाले जानकारी दिए।








