२०८३ भदौ ३० , मंगलबार

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा



३० असार, काठमाडौं। सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजिनामा दिएका छन्। बिचौलियासँग घूसको संवाद सार्वजनिक भएपछि विवादमा तानिएका मन्त्री गुप्ताले राजीनामा दिएका हुन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन  निर्देशन दिएको बुझिएको छ। मन्त्री गुप्ताको जवाफ चित्त नबुझेपछी राजिनामा दिन निर्देशन भएको बालुवाटार स्रोतले जनाएको छ।

मंगलबार गुप्ता प्रधानमन्त्री निवास बालुवाटारमा गएर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

यसैविच मन्त्री गुप्ताले सामाजिक संजाल फेसबुकमा समेत राजिनामा दिएको जानकारी दिएका छन्। उनले भनेका छन् “कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु।”

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सामाजिक संजालमा सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठिरहेको बेला उनको राजिनामा आएको हो।

बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको समेत अडियोमा सुनिएपछि मन्नी अधिकारीले समेत संसदमा ‘जुन ‍औलामा विष लाग्छ सोही औलो झर्छ’ भन्ने जवाफ दिएका थिए।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्