२०८३ भदौ १९ , शुक्रबार

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश (पूर्णपाठ)



१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका सञ्चालक रोहित गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको गत साउन २८ को आदेश उल्ट्याउँदै सर्वोच्चले गुप्तालाई धरौटी वा बैंक जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशमा गुप्ता वारदातको समयमा हिमालयन रि–इन्स्योरेन्सको सञ्चालक समिति सदस्य रहेको र उनले व्यक्तिगत रूपमा स्टक नं. ५५ को भृकुटी ब्रोकिङमा ५२ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको तथ्यमा विवाद नरहेको उल्लेख छ।

यस्तै, हिमालयन रि–इन्स्योरेन्सको संस्थागत निर्णयबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ स्टक नं. ५५ मा भुक्तानी भएको नदेखिएको सर्वोच्चले जनाएको छ।

आदेशः

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्