२७ असार, काठमाडौं। न्यायपालिका अधिकृत समाज द्वारा काठमाडौं जिल्ला अदालतमा निःशुल्क आँखा शिविर संचालन गरेको छ। तिलगंगा आँखा अस्पतालको संगको प्राविधिक सहयोगमा सो शिविर संचालन भएको हो।
शिवरको समन्वय काठमाडौं जिल्ला अदालतले गरेको थियो।
शिविरमा अदालतका न्यायाधीशहरु, कर्मचारी, कानून व्यवसायी, सुरक्षाकर्मी र सेवाग्राहीहरुले आँखा सम्वन्धी विभिन्न समस्याको जाँच गरेका छन्। प्रदुषणका कारण आँखामा समस्या आउने भएकोले तिलगंगाको प्राविधिक सहयोगमा अदालतमै निःशुल्क शिविरको आयोजना गरिएको समाजका केन्द्रिय सदस्य चक्र बहादुर रसाइलीले जानकारी दिए।
शिविरमा ३८८ जनाले आँखा जाँच गरेको रसाइलीको भनाइ छ। शिविरमा तिलगंगा आँखा अस्पतालका डा. सम्झना भण्डारी र डा.विष्णु महारता नेतृत्वको टोलीले चेकजाँच र औषधी समेत वितरण गरेको थियो।
फोटोः

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार








