२०८३ जेठ २१ , बिहीबार

सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन



२३ असार, काठमाडौं। प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ पश्चात अनुमोदन गरिएको हो।

समितिको सोमबारको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।

यस्तै समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम समेत अनुमोदन गरेको छ। प्रस्तावित न्यायाधीश र सदस्यको पदमा रहँदा गर्ने कामको अवधारणा र उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उक्त नामहरु अनुमोदन गरेको हो।

गत जेठ २७ मा  न्याय परिषद्को बैठकले तीन जनालाइ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। यस्तै जेठ २९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषदको सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका थिए।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्