२०८३ साउन १५ , शुक्रबार

वैतनिक र कानूनी सहायता अधिकृतको दुईदिने प्रशिक्षण कार्यक्रम शुरु



३० जेठ, काठमाडौं। बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो प्रदेशभित्रका अदालतहरुमा कार्यरत वैतनिक कानून व्यवसायी र कानूनी सहायता अधिकृतहरुका लागि काठमाडौंमा दुईदिने प्रशिक्षण कार्यक्रम शुक्रबार देखि शुरु भएको छ।

उद्घाटन कार्यक्रममा मधेशप्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मी, काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. बिमल), सोही बारका उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक जिल्ला अदालत तथा उच्च अदालत पाटनका वैतनिक कानून व्यवसायीहरु र काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक जिल्लाका कानूनी सहायता समितिका अधिकृतहरुको उपस्थिति रहेको थियो।

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता सुकदेव काफ्लेको सभापतित्व एवं नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा स्वागत मन्तव्य सहायक न्यायाधिवक्ता राजेन्द्रमणि पौडेलले तथा कार्यक्रमको संचालन उपन्यायाधिवक्ता यादव प्रसाद पौडेलले गरेका थिए। प्रशिक्षण शनिवार समापन हुनेछ।

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्