२०८३ भदौ ३० , मंगलबार

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन शुरु



३० जेठ, काठमाडौं। अनुसन्धानकर्ता र अभियोजनकर्ताको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ। जेठ ३० र ३१ गते सम्म रहने सम्मेलनमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको सहभागीता रहने छ।

सम्मेलनको सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका छन्। प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन, पिडितको सम्मान भन्ने नारा सहित सम्मेलन शुरुवात भएको हो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउनु पर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’

‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ, ओलीको भनाई छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा जारी दुई दिने सम्मेलनमा सरकार वादी हुने फौजदारी कसूरहरुको अनुसन्धान गर्ने अनुसन्धान अधिकृतहरू, सरकारी वकीलहरू, मेडिको लिगल चिकित्सकहरू, विधि विज्ञान प्रयोगशालाका विज्ञ कर्मचारीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ता कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका करिव १७० जना कर्मचारी तथा प्रतिनिधीहरुको सहभागिता रहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

कार्यक्रमको उद्घाटनलाइ गृहमन्त्री रमेश लेखक तथा महान्यायाधीवक्ता रमेश बडाल समेतले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

सम्मेलनका सहभागीहरुः

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्