२८ जेठ, काठमाडौं। काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जना विरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तरगत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको उजुरीमा अनुसन्धान गरी दोषि देखिएकोले मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक बसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहालसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
परियार सहित प्रतिवादीहरुलाइ ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैया ३२ पैसा बरावर जरिवाना र विगो असुल उपरको मागदावी लिएको छ। परियार सूचना तथा प्रसारण विभागका महानिर्देशक छन्।








