२२ जेठ, काठमाडौं।प्रतिनिधीसभाका सदस्य तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको भन्नेसमेत व्यहोराको उजुरीमा अख्तियार अनुसन्धान आयोग बाट अनुसन्धान भएको हो।
उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफु र अन्यलाइ लाभ हुने गरी मिलोमतो तथा योजनामा काभ्रेपलाञ्चोक जिल्लाबाट शुरु गरी देशको विभिन्न स्थानमा समेत भूमि सम्वन्धी ऐन, २०२१ को दफा ७ र दफा ८ ले तोकिदिएको अधिकतम हदबन्दीभन्दा बढीको जग्गा खरिद गरे गराएको अख्तियारको दावी रहेको छ।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल संस्थापक सदस्य शालीग्राम सिंहसमेतले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका कर्मचारी, गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका कर्मचारी, सनराईज बैंकका कर्मचारी/पदाधिकारी, भूमिसुधार तथा व्यवस्थापन विभागका कर्मचारी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका कर्मचारी तथा विभागीय मन्त्री, मुख्य सचिव, मन्त्रिपरिषद्, विधेयक समितिका संयोजक, प्रधानमन्त्रीसमेतका पदाधिकारीसँगको मिलोमतो योजनामा सरकारी सार्वजनिक सम्पत्तीको हिनामिना भएको अख्तियारको ठहर छ।
पूर्वप्रधानमन्त्री नेपाललाइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम रु.१८,५८,५०,०००। बिगो दावी गरिएको छ।
पूर्णपाठः








