२०८३ साउन १४ , बिहीबार

सत्य निरुपण तथा बेपत्ता आयोगले पायो पूर्णता, पदाधिकारीले लिए सपथ



जेठ ६, काठमाडौं। सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिपछि पूर्णता पाएको दुबै आयोगका अध्यक्ष तथा सदस्यहरुको सपथग्रहण कार्य सम्पन्न भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले हिजो सर्वोच्च अदालतमा दुबै आयोगका अध्यक्षहरुलाई सपथ गराएका हुन्। अध्यक्षहरुको सपथग्रहणपश्चात् दुबै अध्यक्षहरुले आयोगका आआफ्नो सदस्यहरुलाई सपथ गराएका छन्। सपथग्रहण कार्यक्रमपश्चात् दुबै अध्यक्ष तथा सदस्यहरुले आआफ्नो कार्यालयमा पदवहाल गरेका छन्।

सरकारले गतसाता सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापालाई नियुक्त गरेको थियो । त्यसैगरी अच्युत प्रसाद भण्डारी, टिका प्रसाद ढकाल, पदम बहादुर शाही, कुमारी कौशल्य ओझालाई सदस्यमा नियुक्त गरेको थियो ।

यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको थियो । त्यसैगरी गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल, विनिता नेपालीलाई सदस्यमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्