जेठ ४, काठमाडौं। मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जिल्ला सर्लाही, बागमती नगरपालिका वडा नं. ४ र १२ मा बागमती नगरपालिका, सर्लाहीले सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी वन क्षेत्रबाट ढुंगा, गिटी, बालुवा, माटो आदी वन पैदाबार गैह्रकानूनी रुपमा उत्खनन् गरी परेको खाल्डोमा माछापोखरी निर्माणको लागी संघीय सरकार, प्रदेश सरकार समेतको करोडौँ रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान भइ मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
यसैगरी बागमती नगरपालिका सर्लाहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेल, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, नगरपालिकाका तत्कालीन ईन्जिनियर निरन्जन लामीछाने, तत्कालीन ईन्जिनियर सागर पौडेल र तत्कालीन ईन्जिनियर सागर पौडेल विरुद्द मुद्दा दायर भएको हो।
प्रतिवादी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को (पहिलो संशोधन) ऐन, २०८१ को दफा १७ बमोजिमको कसूर गरकोले सोही बमोजिम सजायको मागदावी गरिएको छ।
प्रतिवादी उपर रु ५६ करोड ७१ लाख सात हजार दुइ सय बयान्बे रुपैया बरावरको विगो र जरिमान मागदावी गरिएको अख्तियारले जनाएको छ।








