वैशाख २६, काठमाडौं। नेपालमा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गते मनाइदै आएको कानून दिवसको अवसरमा विशेष अदालतले पनि कानून दिवस २०८२ का अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपमेयर, काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी, विशेष सरकारी वकिल कार्यालयका प्रमुख, विशेष अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता टिकाबहादुर कुँवर, विशेष अदालतका सदस्य, वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं विशेष अदालतका श्रेष्तेदार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सोही अवसरमा विशेष अदालतले गरेका काम, कारवाही तथा गतिविधिका बारेमा वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार








