२०८३ साउन १५ , शुक्रबार

सर्वोच्च अदालतद्वारा कानून दिवस मनाइयो



 वैशाख २६, काठमाडौं। नेपालमा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गते मनाइदै आएको कानून दिवस यस वर्ष पनि मनाइयो ।

सर्वोच्च अदालतले वैशाख २६ गते होटल एभरेष्टमा आयोजना गरेको कानून दिवस २०८२ का अवसरमा नेपालका राष्ट्रपति श्री रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख श्री देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष श्री नारायणप्रसाद दाहाललगायत सर्वोच्च अदालतका वहालवाला न्यायाधीश, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश, पूर्वन्यायाधीश, उच्च अदालत, जिल्ला अदालतका वहालवाला तथा पूर्वन्यायाधीश, सर्वोच्च अदालतका रजिष्ट्रार, सहसजिष्ट्रारलगायत उच्चपदस्थ कर्मचारी, नेपाल बार एशोसिएसन तथा उपत्यकास्थित बार एशोसिएसनका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता, सरकारी वकिल एवं कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकासम्बद्ध सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रधानन्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूले उक्त समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । उक्त समारोहमा राष्ट्रपति श्री रामचन्द्र पौडेलले कानून दिवस २०८२ का अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रधानन्यायाधीश श्री प्रकाशमान सिंह राउतले कानून दिवस २०८२ का अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साथै, कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार श्री देवेन्द्र ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्