वैशाख १९, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
२०८२/८३ को नीति तथा कार्यक्रम:
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार








