वैशाख १७, काठमाडौं। सर्वोच्च अदालतका शाखाका अधिकृत महिमानसिंह विष्टबाट जारी आएको आदेश अनधिकृत रहेको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता/सह रजिष्ट्रार अच्युत कुइकेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ “यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ “।
सो अनाधिकृत पत्रको आधारमा नेपाल प्रहरीले चौधरीलाइ प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरी डिल्लीबजार कारागरमा बुझाएको थियो। हाल चौधरी रिहा भएका छन्।
प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार







