२०८३ भदौ २९ , सोमबार

रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा बुझाइयो



फोटोः सामाजिक संजालबाट

वैशाख १७, काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। २०७२ भदौमा टीकापुरमा भएको घटनामा दोषि ठहर गर्दै सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। चौधरीलाइ २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति द्वारा आममाफी दिएपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

उनलाइ सादा पोशाकका प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागारमा बुझाइएको छ। सीके राउत नेतृत्वको जनमत पार्टीसँग नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एकता घोषणाको कार्यक्रम प्रज्ञा भवनमा हुने कार्यक्रम थियो । कार्यक्रम शुरु नहुदै चौधरीलाई कार्यक्रमस्थल बाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पछी दुइ पार्टी एकता घोषणाको कार्यक्रम स्थगित भएको छ। चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्